Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । मोटरसाइकलमा सवार हुँदै लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिकको बाटोमा असोज ५ गते राति १२ बजे मोटरसाइकलमा सवार व्यक्तिले काठमाडौं महानगरपालिका– १४ बस्ने ३७ वर्षीया भीमकुमारी सिर्पालीलाई घाइते बनाएर ११ लाख रुपैयाँ पर्ने सुनको सिक्री लुटेका थिए ।
उक्त कार्यमा संलग्न काभ्रेको रोशी– ७ घर भई ललितपुर, गोदावरी– १४, ठैव बस्ने गंगेबहादुर तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
बा।५२ प। १३९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भीमकुमारी सिर्पाली घाइते भएकी थिइन् । सिर्पालीको स्कुटरलाई ठक्कर दिने तामाङसहितका व्यक्तिले बा। ९३ प। ३७६७ नम्बरको मोटरसाइकलले ठक्कर दिएका थिए । सिर्पाली स्कुटरबाट लडेपछि सुनको सिक्री लुटपाट गरेका थिए । असोज १० गते पीडित सिर्पालीले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा ललितपुरको ठैवस्थित एक खाद्य पसल अगाडि तामाङ सवार स्कुटी फेला परेको थियो । लुटपाटमा आफूसहित अन्य पाँच व्यक्ति संलग्न रहेको तामाङले प्रहरीलाई बताएका छन् । तामाङका साथमा रहेको स्कुटरसहित एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij