Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विद्यार्थि लक्षित नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’

विद्यार्थि लक्षित नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’

  • काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीवर्गहरुलाई लक्षित गरेर इन्टरनेट सेवाको नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले वि.सं.२०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद दिए ।

    AGNI GROUP

    उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशनसमेत दिए ।

    कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

    आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ, जसमा साविक बमोजिमको जडान शुल्क ५०० थप लाग्ने बताईएको छ । अफरको साथमा विद्यार्थीले १ थान ड्यूल ब्याण्ड सीपीई  (Dual Band CPE) र बढीमा १०० मिटर ड्रप फाइबर  निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

    अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन् ।

    यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि ९ख्बष्मिष्त० समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरु मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनोट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेज भ्यालिडिटी समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्नेछ । 

    अफर प्राप्त गर्नका लागि आवेदन फारमका साथ विद्यार्थी परिचय पत्र, स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र (Birth Certificate/ Citizenship) को प्रतिलिपि तथा नाबालिगको हकमा अभिभावकको Citizenship/License/Passport  को प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्ने कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij