Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वातावरण व्यवस्थापन विभाग

काठमाडौँमा फोहर र प्लास्टिक जलाउन कडाइका साथ प्रतिबन्ध

काठमाडौँमा फोहर र प्लास्टिक जलाउन कडाइका साथ प्रतिबन्ध

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । प्रदूषण बढ्नमा यसरी खुला रूपमा बालिने बस्तुको महत्त्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छिन्,  ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’ 

    AGNI GROUP

    वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ । 

    ती व्यक्तिहरूसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा बस्तु बालेर धुवाँ उत्सर्जन घटाउनुपर्छ । राई भन्छिन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’  यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट