Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्ताको एक विद्यालयमा विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार प्रार्थनाको समयमा विद्यालयभित्र रहेको मस्जिदमा विस्फोटमा भएको थियो । घाइते हुनेमा १५ विद्यार्थी र पाँच जना शिक्षक रहेका छन् ।
प्रहरी र विद्यालय नजिकैको नौसेना बेसका कर्मचारीहरूले दुर्घटना भएको क्षेत्रलाई घेराबन्दी गरेको बताइएको छ । विस्फोटको कारण अहिलेसम्म थाहा भएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij