Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

न्यूयोर्कका नवनिर्वाचित मेयर मम्दानीले नेपाली रेष्टुरेन्टमा खाए मःमः

न्यूयोर्कका नवनिर्वाचित मेयर मम्दानीले नेपाली रेष्टुरेन्टमा खाए मःमः

  • काठमाडौं । अमेरिकाको न्यूयोर्कको मेयरमा विजयी भएका जोहरान मम्दानीले चुनाव जितेपछि नेपाली रेष्टुरेन्टमा मःमः खाएको विषय चर्चामा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    मम्दानीले सामाजिक सञ्जालमा चुनावको नतिजापछि कंग्रेस नेतृ एलेक्जान्ड्रिया ओकासियो कोर्टेजसँग न्यूयोर्कको ज्याक्सन हाइट्समा रहेको लालीगुँरास बिस्ट्रोमा लन्च गरेको जानकारी दिएका हुन् । मम्दानीले मःमःसहित चिया खाएको तस्बिर सार्वजनिक गरेका छन् ।

    AGNI GROUP

    र्‍यापरसमेत रहेका मम्दानीले न्यूयोर्कको मेयरमा निर्वाचित भएर विश्वभर चर्चा कमाएका छन् । एक वर्षअघिसम्म नामसमेत नसुनिएका मम्दानीले न्यूयोर्कमा मध्यम वर्गका समस्या उठाउँदै ती समस्या समाधान गर्ने रोडम्याप प्रस्तुत गरेर जनताको विश्वास जितेका छन् । मम्दानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विश्वकै धनी एलन मस्कजस्ताको समर्थन प्राप्त गरेका भेट्रान राजनीतिज्ञ एवम् पूर्वगभर्नर एन्ड्र्यू कुओमोलाई पराजित गरेका छन् ।

    मम्दानी प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद मम्दानीका छोरा हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij