Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

दाहाल–नेपाल समूहको बन्द: आगजनीदेखि तोडफोडसम्म

दाहाल–नेपाल समूहको बन्द: आगजनीदेखि तोडफोडसम्म

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए पनि आन्दोलनकारीले यातायातका साधनमा आगजनी र तोडफोड गरेपछि बन्द अपेक्षित रूपमा शान्तिपूर्ण हुन सकेन ।

    बन्दका क्रममा आन्दोलनकारीले एउटा ट्याक्सी जलाइदिएको र ८६ वटा गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आमहडतालको आयोजना गरेको दाहाल–नेपाल समूहले भने आमहडताल पूर्ण रूपमा सफल भएको दाबी गरेको छ । आन्दोलनका क्रममा जबर्जस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रहरीले सो पार्टीका नेता कार्यकर्तासहित १८८ जनालाई पक्राउ गरेको थियो ।

    नेकपा प्रवक्तासमेत रहेका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहडताल सफल भएको दाबी गरेका छन् । आमहडतालका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनकारीले तोडफोड गरेपछि स्थिति अशान्त बनेको थियो । नेपाल बन्द गर्न पूर्वप्रधानमन्त्रीहरू सुरक्षा दलबलसहित आफैं खटिएका थिए । प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत बन्दमा जुटेका थिए ।

    यातायात अवरुद्ध भएका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । बिरामीसमेत मर्कामा परेका थिए । देशभरका व्यापारिक संघसंगठनले पनि बन्दको विरोध जनाएका छन् । सरकारी दमको भत्र्सना गर्दै पक्राउ परेका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गर्दै आन्दोलनका क्रममा सञ्चारकर्मीलाई परेको मर्काका लागि नेकपा दाहाल–नेपाल समूहले दुःख व्यक्त गरेको छ ।

    नेकपाले आमहडतालमा प्राप्त जनसमर्थनले उत्साही बनाएको र संघर्षका माध्यमबाट प्रतिगामी कमदलाई परास्त गर्ने ऊर्जा मिलेको जनाएको छ । साथै आम जनसमुदायलाई आन्दोलनमा गोलबन्ध हुन अपिलसमेत गरेको छ । राजधानी दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij