Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुल्मी

छोराले गरे बुवाको हत्या, आमा सख्त

छोराले गरे बुवाको हत्या, आमा सख्त

धारिलो हतियार प्रहार गरेका थिए

  • काठमाडौं । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए ।

    AGNI GROUP

    धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए ।

    दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij