Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभाग

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

  • काठमाडौं । गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२–२८ सम्म एक हजार ३ सय ३ जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

    AGNI GROUP

    अनलाइन माध्यमबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले ‘राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर’ को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताएका छन् ।

    देशभर सञ्चालन भएको ‘इ–कमर्स’ घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उनले बताए । यस समूहको क्रियाकलापले जनवरी र मईको बीचमा १२।८ मिलियन अमेरिकी डलर नोक्सान पुर्‍याएको जनाइएको छ ।

    त्यस्ता क्रियाकलापहरू पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको भन्दै उनले चेतावनी दिएका छन् । जनतालाई अन्य पक्षहरूलाई बैंक खाता र बैंक कार्डहरू नदिन सुझाउँदै उनले त्यस्ता सामग्रीहरू आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिङका लागि दुरुपयोग गर्न सक्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij