Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युवा क्रिकेट खेलाडीको मैदानमै मृत्यु

युवा क्रिकेट खेलाडीको मैदानमै मृत्यु

  • काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    १७ वर्षीय बेन अस्टिन नामका क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा लागेको थियो । अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको छ ।

    AGNI GROUP

    मंगलबार घाइते भएपछि आपतकालीन सेवाहरू बोलाइयो। अस्पताल लगिएपछि बेनलाई लाईफ सपोर्ट प्रणालीमा राखिएको थियो । यद्यपि, बुधबार उनको मृत्यु भयो ।

    उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij