Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महेश बस्नेतको अष्टलक्ष्मीलाई जवाफ- नेतृत्वको विरोध गर्ने नेताहरुको हैसियत महाधिवेशनमा देखिनेछ

महेश बस्नेतको अष्टलक्ष्मीलाई जवाफ- नेतृत्वको विरोध गर्ने नेताहरुको हैसियत महाधिवेशनमा देखिनेछ

  • काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले उपाध्याक्ष अष्टलक्ष्मी शाक्यलाई जवाफ दिदै नेतृत्वको विरोध गर्ने नेताहरुको हैसियत महाधिवेशनमा देखिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेता बस्नेतले शाक्यले केपी ओलीको नेतृत्वमा चुनावमा जान नसकिने बताएको विषयको जवाफ दिदै उनले आगामी मङ्सिर २७, २८, २९ गते पोखरामा हुने महाधिवेशनले अवश्य नै छिनोफानो गर्ने बताएका हुन् । 

    AGNI GROUP

    उनले एमालेभित्र अहिले एउटा प्रश्न जबरजस्त उब्जिएको बताउदै  आगामी निर्वाचनमा केपी शर्मा ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त  हो कि अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला ? भन्ने प्रश्न गरेका छन् । 

    उनले महाधिवेशनमा आफ्नो वैकल्पिक क्षमता देखाउन नसक्ने खाली नेतृत्वको विरोध गर्ने यो पंक्तिको नेताहरूको हैसियत के हुने हो अवस्य देखिने बताएका छन् ।

    नेता बस्नेतले परिस्थिति प्रतिकूल बनेको बेला मौका हेरेर अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गर्ने, पार्टी बदनाम गराउने र आफ्ना लाभका प्राप्ति तर्फ लाग्ने कराउन थालेको भन्दै आम कार्यकर्ताले विवेकपूर्ण फैसला गर्ने समय आएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij