Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रिट खारेजपछि राजुनाथ पाण्डेको निलम्बन यथावत

रिट खारेजपछि राजुनाथ पाण्डेको निलम्बन यथावत

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको निलम्बनविरुद्धको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो ।

    AGNI GROUP

    यसअघि अन्तरिम आदेशमार्फत निलम्बन फुकुवा भएका पाण्डेको रिट खारेजी भएपछि निलम्बन कायमै रहने भएको छ ।

    पाण्डेलाई गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । 

    गत बर्षको चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएपछि स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई निलम्बन गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट