Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल टेलिकमद्वारा विमानस्थलहरूमा निशुल्क वाईफाई सेवा सञ्चालन

नेपाल टेलिकमद्वारा विमानस्थलहरूमा निशुल्क वाईफाई सेवा सञ्चालन

  • काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा यात्रुहरूका लागि निशुल्क (Free) Wi-Fi इन्टरनेट सेवा सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त सेवा मिति २०८२ कार्तिक ११ गते बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेवाको शुभारम्भ गरे ।

    AGNI GROUP

    पहिलो चरणमा सुरु गरिएको यो निशुल्क Wi-Fi सेवा विमानस्थलको आगमन, प्रस्थान,  VIP Lounge  तथा प्रतिक्षा कक्ष लगायतका क्षेत्रहरूमा उपलब्ध रहेको छ ।

    नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) बीच भएको सम्झौताअनुसार देशभरका ३ अन्तर्राष्ट्रिय र ३४ आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुहरूका लागि निशुल्क इन्टरनेट सेवा विस्तार गर्ने योजना अन्तर्गत यो पहल सुरु गरिएको हो ।

    सेवा उपलब्ध स्थानहरूमा  SSID “NT-CAAN Free WiFi”  नामको Wi-Fi नेटवर्कमा Connect गरी दिइएका निर्देशन पूरा गरेपछि यात्रुहरूले सहज रूपमा निस्शुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij