Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो ।
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आईतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
त्यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण पनि स्वीकृत गरेको छ । कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा२०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्विकृत गर्ने निर्णय पनिगरिएको मन्त्री खरेलले बताए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
नेपाल र मोरिससबिच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय भएको छ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को अनुसुचि २ मा हेरफेर गर्ने निर्णय भएको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो ।
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गतेआईतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ ।
कतारको दोहामाआयोजना हुने सेकेन्ड वल्ड समिट फर सोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।
छापाखाना र प्रकाशनसम्बन्धि दोस्रो संशोधन नियमावली २०८२ स्विकृत गर्ने निर्णय भएको छ । यस अन्तर्गत अवअनलाइनको दर्ता र नविकरण यो स्विकृत गर्ने निर्णय भएसँगै राजपत्रमा प्रकाशित भएपछि लागुहुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij