Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले- महासचिव पोखरेल

आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले- महासचिव पोखरेल

  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा एमालेलाई जोड्न लागिएको भन्दै राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् सबैलाई कडा कारबाही गर्न आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    साथै उनले  देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्: लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्-सबैलाई कडा कारबाही गरौं । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij