Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको सचिवालय बैठक बोलाइयो, महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

एमालेको सचिवालय बैठक बोलाइयो, महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ ।

    AGNI GROUP

    बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij