Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ललितपुर । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा गम्भीर घाइते भएकी गोदावरी नगरपालिका–१४ हाडेगाउँकी ५० वर्षीया मैया महर्जनको उपचारका क्रममा निधन भएको हो ।

    AGNI GROUP

    शनिबार राति महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको  प्रहरीले जनाएको छ ।  

    मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकलमा सवार २३ वर्षीय मनदिप पराजुली पनि दुर्घटनामा घाइते भएका छन् ।

    प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट