Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।
कांग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् । कांग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रुपमा अनुपस्थित भएपनि राजनीतिक रुपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताए ।
‘शेरबहादुर दाईप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चैं कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देशपनि दिन खोजिएको होला,’ संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij