Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी

स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी

  • काठमाडौं । विपिन जोशीको रिहाइका लागि आवाज उठाउन अमेरिका पुगेका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । उनीहरू बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

    onlinepatrika
    Arghakhachi

    विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराश हुँदै स्वदेश फर्किएका हुन् । हमासले विपिजई किबुल आलुमिमबाट २०८० असोज २३  गते अपहरण गरेको थियो ।  उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही समयअघि सार्वजनिक भएको थियो । 

    AGNI GROUP

    हमासले आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धक र विपिनसहित केही मृतक बन्धकहरूको शव इजरायललाई बुझाएको छ । विपिनको शव नेपाल आउन केही समय लाग्ने जनाइएको छ ।

    उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए । कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा परेका थिए । अपहरणमा परेको केही समयमै उनको मृत्यु भएको इजरायली सेनाले प्रारम्भिक जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij