Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसमा बैठकका एजेण्डाको विवाद अझै मिलेन

कांग्रेसमा बैठकका एजेण्डाको विवाद अझै मिलेन

  • काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय समितिको बैठकका एजेण्डा बारे पदाधिकारी बैठकमा सहमति हुन नसकेपछि सोहि विषयमा थापा र शर्माले सभापति देउवासँग छलफल गरेको बताइएको छ ।

    AGNI GROUP

    देउवासँगको छलफलमा पनि बैठकका एजेण्डा बारे सहमति हुन नसकेको बताइएको छ ।

    थापा र शर्माले केन्द्रीय समितिको बैठकमा मङ्सिर भित्र नै नियमित महाधिवेशन गर्न प्रस्ताव खोजेका छन् भने सभापति देउवा पक्ष त्यसो गर्न तयार देखिएको छैन ।

    एजेण्डामा सहमति नभएपछि आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक समेत अनिश्चित बनेको छ ।

    आजको बैठकमा सभापति देउवा उपस्थित हुने भएपछि सानेपास्थित पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

    संस्थापन पक्ष नियमित महाधिवेशन मङ्सिरमा गर्न तयार नभए आजै विशेष महाधिवेशन माग सहितको ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको निवेदन दर्ता गर्ने तयारी पनि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट