Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर आफूहरु नभाग्ने स्पष्ट गरेका छन् ।
बिहीबार भक्तपुरमा युवा संघ नेपालले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हाहुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने बताएका हुन् ।
ओलीले आफ्नो घरको लोकेसन ट्रयाक गरेर घर घेर्न आउन खोजिएको भन्दै सरकारले दिनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनको दुरुपयोग गरेर संसद भवन र सिंहदरबारमा आगो लगाइएको बताउदै छानीछानी तोडफोड र आगजनीको काम जेनजीले नगरेको बताए ।
साथै सरकार सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको बारेमा उनले भने- ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ? असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’
भदौं २३ गते सरकारले गोली चलाउने आदेश नै नदिएको बताउदै प्रहरीले रबरको गोली मात्र चलाएको जवाफ आफुले पाएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij