Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक जना वृद्धाको हत्या भएको छ ।
चन्द्रागिरि नगरपालिका-१ दहचोक खहरे थापागाउँस्थित बस्ने ६८ वर्षीया पवित्रा केसीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।
बुधबार छिमेकी ३२ वर्षीय सरोज थापाले दाउराको चिर्पटले हिर्काएको आरोप छ ।
जग्गाको सिमानाबारे विवाद हुँदा बुधवार सरोजले चिर्पटले हिर्काएर महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
महिलाको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij