
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलले हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा चौदण्डीगढीलाई १२ गोलले हराउने क्रममा आर्मीकी शर्मिला थापा एक्लैले पाँच गोल गरिन् । शर्मिलाले खेलको सात, १३, २३, २९ र ३८ औँ मिनेटमा गोल गरिन् । आर्मी ६ खेलमा १३ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ । चौदण्डीगढीले भने अहिलेसम्म एक खेल पनि जितेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij