Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

जेन्जी आन्दोलनबाट काठमाडौंमा मात्रै कति सवारी जले ?

जेन्जी आन्दोलनबाट काठमाडौंमा मात्रै कति सवारी जले ?

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा काठमाडौंका सरकारी कार्यालयहरुको एक हजार ४२ वटा सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभिन्न सरकारी निकायका अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे सवारी साधन नष्ट भएका हुन्  ।

    AGNI GROUP

    यसमा सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे गाडी जलेर नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१, सहरी विकास तथा भवन निर्माण विभागका ५०, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७, अर्थ मन्त्रालयका ३६ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे सवारी साधन नष्ट भएका छन्।

    त्यसैगरि शिक्षा मन्त्रालयका २६, गृह मन्त्रालयका २५, स्वास्थ्य मन्त्रालयका २२, युवा तथा खेलकुद मन्त्रालयका १९, संघीय संसद सचिवालयका १८, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८, वन तथा वातावरण मन्त्रालयका १७, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडीमा आगलागि भएर नष्ट भएको छ ।

    आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनमा भएको आगजनीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ, र त्यसबाट भएको आर्थिक नोक्सानीको मूल्यांकन गर्न पनि समय लाग्ने अधिकारीहरूले बताएका छन्।

    यसैबीच, भदौ २३ गते जेनजी आन्दोलनमा १९ जना युवाको को मृत्यु भएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी गाडीहरू असुरक्षित हुन सक्ने भन्दै कार्यालय परिसरमा पार्किङ गर्न निर्देशन दिएका थिए। तर, भदौ २४ गते आन्दोलन थप हिंसात्मक हुँदै सिंहदरबार परिसर भित्र र बाहिरका सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनी भएको थियो ।

    त्यसपछि त्यहाँ पार्किङमा राखिएका चारपांग्रे र दुईपांग्रे सवारी साधनहरूमा समेत आगजनी भई जलेर नष्ट भएका छन् ।  जलेका गाडीहरू अहिले पनि सरकारी कार्यालय परिसरमा बेवारिसे अबस्थामा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट