Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोकको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै हर्कले संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले निकास नपाएको बताएका छन् ।
उनले भनेका छन्-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न बिकास !
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij