Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

नख्खु कारागारबाट भागेका तीन जना धादिङबाट नियन्त्रणमा

नख्खु कारागारबाट भागेका तीन जना धादिङबाट नियन्त्रणमा

  • ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाले आज जैन-जी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले भने, ‘लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’

    पक्राउ परेका तीनै जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए । उनीहरूलाई प्रहरीको जिम्मा लगाइएको पनि श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट