
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । हाल सीईओ नै रहेका खालिङलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो ।
कम्पनी सचिव सुरेश चापागाईँका अनुसार आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सीईओ खालिङको हालको चार वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदै छ । उनलाई कार्यकाल सहिएको भोलीपल्ट अर्थात् असोज ८ गतेदेखि लागू हुने गरी पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।
खालिङसंग तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij