
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । नेपाल पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो ।
मन्त्रालयमा दुई पक्षबीचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ ।
साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनु पर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्नेलगायत ४ बुदेँ सहमति भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij