
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो ।
माओवादी केन्द्रले गत फागुनमा अभियान अन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो । उक्त अभियान लाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij