Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुर

मिनीट्रकले ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु

मिनीट्रकले ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु

  • काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा पानी बोक्ने मिनीट्रकले ठक्कर दिँदा पाँच वर्षीय बालकको ज्यान गएको छ।

    onlinepatrika
    Arghakhachi

    शिक्षा तथा मानवश्रोत भवन अगाडि सडक खण्डमा मगर गाउँबाट शिक्षा विभागतर्फ आउँदै गरेको बा २ क १२८४ नम्बरको पानी बोक्ने मिनीट्रकले सोही स्थानमा बाटो काट्दै गरेका पैदल यात्री बालकलाई ठक्कर दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीले जानकारी दिए।

    AGNI GROUP

    गाडीको ठक्करबाट घाइते भएका सिरहा घर भई सानोठिमी २ बस्ने वर्ष ५ को अरब यादवको उपचारको क्रममा कोरियन हस्पिटलमा मृत्यु भएको हो। 

    गाडीका चालक सिन्धुपाल्चोक घर भई हाल सानोठिमि बस्ने वर्ष २१ को जय बहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट