Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो शेयर धितो कर्जाको सीमा

बढ्यो शेयर धितो कर्जाको सीमा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मार्फत यस्तो सीमा बढाएको हो ।

    onlinepatrika
    Arghakhachi

    मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्‍याइनेछ ।’

    AGNI GROUP

    त्यस्तै, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने गभर्नर पौडेलले बताए । साथै चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

    कर्जा नोक्सानी व्यवस्थालाई पनि आवश्यकता अनुसार पुनरवलोकन गरिने भएको छ । यसका साथै तीन करोड सम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने मौद्रिक नीतिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij