Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो

कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सारिएको छ । दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक डेढ घण्टा पछिलाई धकेलिएको हो ।

    images
    images
    images

    असार १६ देखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज ३ः३० बजे बस्नेछ । आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्नेछन् ।

    images

    पाँच शीर्ष नेताले बोलिसकेपछि निर्णय गरेर बैठक आजै सक्ने कांग्रेसको तयारी छ ।

    बैठकमा बोल्ने नेताहरूले पार्टी नेतृत्व र एमालेसँगको सहकार्यमाथि प्रश्न उठाएका छन् । उनीहरुले १५औँ महाधिवेशनको मिति तोकेर जान नेतृत्वसामु दबाब बढाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij