
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।
अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो पुल भाँचिएपछि यातायात अवरुद्ध बनेको हो ।
पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् ।
त्यसैगरी, स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij