Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

सांसद दासमाथि लुटपाट प्रयास ,डिएसपिले गरे बेवास्ता

सांसद दासमाथि लुटपाट प्रयास ,डिएसपिले गरे बेवास्ता

  • काठमाडौं । मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

    images
    images
    images

    गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकि छन् ।

    images

    सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकि छन् । उनले लेखेकि छन, ’आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । तानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित । केहि महिना पहिला एकजनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थिया । आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ । कसरी बाँच्ने ?’

    सांसद दासले डिएसपिलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij