
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिसत भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् ।
ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।
सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् ।
सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।
आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरुले काठमाडौंको न्यूरोड र बसन्तपुर क्षेत्रमा कालो व्यानरसहित प्रदर्शन गरे । मंगलबार भक्तपुरका सुनचाँदी व्यवसायीहरु न्यूरोड पुगेर प्रर्दशन गरेका हन् ।
ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij