Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

युरोप भ्रमण

युरोप भ्रमणमा निस्किए नरेन्द्र मोदी

युरोप भ्रमणमा निस्किए नरेन्द्र मोदी

मोदीको यो भ्रमण १५ देखि १८ जुन सम्मको हुनेछ । यस अवधिमा उनले साइप्रस, क्यानडा र क्रोएसियाको भ्रमण गर्नेछन् ।

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपको भ्रमणमा निस्किएका छन् ।

    images
    images
    images

    तीन देशीय उनको यस भ्रमणको पहिलो खुड्किलो साइप्रस हुनेछ । मोदीको यो भ्रमण १५ देखि १८ जुन सम्मको हुनेछ । यस अवधिमा उनले साइप्रस, क्यानडा र क्रोएसियाको भ्रमण गर्नेछन् ।

    images

    अपरेशन सिन्दूर पछि मोदीको यो पहिलो विदेश भ्रमण हो । द्विपक्षीय सम्बन्ध बढाउने र युरोपेली सङ्घ र भूमध्य सागरीय क्षेत्रसँग भारतको सम्बन्धलाई सुदृढ पार्ने सन्दर्भमा यो महत्त्वपूर्ण हुने मानिएको छ ।

    क्यानडामा जी७ शिखर सम्मेलनमा भाग लिनुका साथै, उनले प्रधानमन्त्री मार्क कार्नीसँग द्विपक्षीय बैठक पनि गर्नेछन् । साइप्रस गणराज्यका राष्ट्रपति निकोस क्रिस्टोडौलिड्सको निमन्त्रणामा उनको यो भ्रमण हुन लागेको हो ।

    दुई दशकमा यो कुनै भारतीय प्रधानमन्त्रीको पहिलो साइप्रस भ्रमण हो । राजधानी निकोसियामा प्रधानमन्त्री मोदी र राष्ट्रपति क्रिस्टोडौलिड्सबीच वार्ता हुने छ । उनले लिमासोलमा उद्यमीहरूलाई सम्बोधन गर्नेछन् ।

    images

    भ्रमणको दोस्रो चरणमा, प्रधानमन्त्री मोदी १६–१७ जुनमा क्यानडामा हुनेछन् । जी७ शिखर सम्मेलनमा सहभागिता जनाउने क्रममा उनले समूहका सदस्य देशका नेताहरूसँग द्विपक्षीय बैठक पनि गर्नेछन् । 

    मोदी जुन १८ मा क्रोएसियाको भ्रमण गर्नेछन् । यो कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो क्रोएसिया भ्रमण हुनेछ । यस क्रममा मोदीले प्रधानमन्त्री प्लेनकोभिकसँग द्विपक्षीय वार्ता गर्नेछन् र क्रोएसियाली राष्ट्रपति जोरान मिलानोभिक लाई पनि भेट्नेछन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij