
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । काठमाडौं प्रहरीले करिब ३९ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर, चेक अनादर र ठगी मुद्दाका फरार तीन अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार फरार अभियुक्तहरूलाई असार ३० गते विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका अभियुक्तहरूमा मुना खातुन श्रेष्ठ (४५ वर्ष) रहेकी छन् । जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१०, भंगाल बस्ने श्रेष्ठलाई रु. १६ लाख बराबरको बैंकिङ कसुर मुद्दामा ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो ।
यस्तै मोहमद अलि (३८ वर्ष) भारत, कोलकत्ता रोड नं. २ स्थायी घर भइ हाल काठमाडौं, बुढानिलकण्ठ नगरपालिका, कपन बसोबास गर्ने अलिलाई रु. ११ लाख बराबरको ठगी मुद्दामा सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै अर्जुन थापा (६५ वर्ष) – जिल्ला सर्लाही स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–९, बत्तीसपुतली बस्ने थापालाई रु. १२ लाख ५० हजार बराबरको बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij