
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्रायः बाह्रै महिना हरियो हुन्छ ।
दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम संवत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो ।
८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरू आउँछन् ।
पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij