
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाण्डु । उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चीन भ्रमणमा जान सरकारले स्वीकृति दिएको छ ।
आउँदो असार १० गतेदेखि १२ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा पौडेललाई सहभागी हुन स्वीकृति दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिए ।
यस्तै बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा.श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij