
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको हो ।
समूहका अध्यक्ष मीनबहादुर गुरूङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् । व्यापारिक ‘यस नयाँ परियोजनाले भाटभटेनीको विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,’ भाटभटेनीका सीओओ पानु पौडेलले भने ।
यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यता स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुऱ्याउनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।
‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरू र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij