
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । जिस्किदाजिस्किदै मोरङमा एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।
मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।
ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।
घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् ।
बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij