
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । दलहरु छलफलमा व्यस्त हुँदा प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ ।
मंगलबार बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, सत्तापक्ष र प्रतिपक्षीबीच बैठक सञ्चालन गर्ने विषयमा सहमति हुन नसकेपछि बैठक सरेको हो ।
संसद् सचिवालयकाअनुसार अब बैठक २ बजे बस्ने तयारी छ । यसबीच सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij