
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ सहसचिवको सरुवा गरेको छ ।
बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ । बर्दिया मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई खटाइएको छ ।
कास्कीका सिडिओ भरतमणि पाण्डेलाई गृहमा तानिएको छ । धनुषाका सिडिओ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई धनुषा खटाइएको छ ।
पाँचथर सहसचिव अरुण पोखरेललाई सिडिओ बनाएर खटाइएको छ । पाँचथरका विष्णु प्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतका रुपमा खटइएपछि उक्त स्थानमा पोखरेललाई खटाइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij