Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

डोटी

जीप दुर्घटना हुँदा १को मृत्यु, ८ जना घाइते

जीप दुर्घटना हुँदा १को मृत्यु, ८ जना घाइते

  • काठमाडौं। डोटी सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    जिल्लाको के.आई.सिंह गाउँपालिका -५, केदार गाउँस्थित दिपायल बोगटान सडक खण्डमा दुर्घटना हुदाँ बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिन बहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।

    images

    दुर्घटनामा गम्भीर घाइते बमलाइ उपचारको लागि शैलेश्वरी अस्पताल पुर्याइएको थियो। उनलाई चिकित्सक चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।‌

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फुलबारीका हरिचन्द्र चौधरीले चलाएको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को बोलेरो जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार जीप मोडमा अनियन्त्रित भई सडकबाट अं १०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij