
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन् ।
तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी हुन् ।
बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि खोजी कार्य चलिरहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण चितवनका सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij