Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

प्रदर्शनसँगै सुरक्षा सतर्कता

प्रदर्शनसँगै सुरक्षा सतर्कता

  • काठमाडौँ । आज राजधानीको टुँडिखेल आसपास राजावादी र एमालेको प्रदर्शन गर्ने भएका छन् । प्रदर्शन लक्षित गरेर सरकारले काठमाडौँमा विशेष सुरक्षा सतर्कता अपनाएको छ । आज राप्रपा र राप्रपा नेपालसहितका दलहरु नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको ब्यानरमा काठमाडौँमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गरिएको छ ।

    images
    images
    images

    अर्कोतर्फ राजावादीको आजको अन्दोलनसँगै एमालेले गणतन्त्र उत्सव मनाउने भन्दै भृकुटीमण्डप क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । एमालेले सांस्कृतिक झाँकी सहित कार्यक्रम गर्ने बताएको छ । एमालेले यो प्रदर्शन कसैविरुद्ध नभएर गणतन्त्रको उत्सव मनाउने बताएको छ ।

    images

    जनआन्दोलन समितिले रत्नपार्कमा प्रदर्शन गर्ने भनेपनि काठमाडौँ प्रशासनले त्यसको स्वीकृति नदिएको बुझिएको छ । प्रशासनले राजावादीहरुको प्रदर्शन रिङरोड बाहिर नै होस् भन्ने सन्देश दिएको बुझिएको छ ।

    प्रशासनले गत चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनलाई मध्यनजर राख्दै विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएमा प्रतिकार गर्ने चेतावनी दिएका छन् । राप्रपाले आजको आन्दोलनका लागि २५ हजारभन्दा बढी कार्यक्रता काठमाडौँ आइसकेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij