Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

मकवानपुर

बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते

बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते

बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो ।

  • काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मकवानपुर थाहा नगरपालिका–३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा  सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो । ती मध्य तीन जनाको मृत्यु भएको हो ।

    images

    बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

    उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी माविमै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् । घाइते दुवैकोपालुङमा उपचार भइरहेको छ र कमलेश कुमार साहको काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij