
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन् ।
कम्पनीका अनुसार, जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मत निर्णयमार्फत अध्यक्षमा चयन गरेको हो । उक्त जानकारी कम्पनीकी सचिव सुलना श्रेष्ठले दिएकी हुन् ।
सोही बैठकमार्फत संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट रिक्त सञ्चालक पदमा समता पन्तलाई सञ्चालक समितिमा प्रतिनिधित्व गर्न मनोनयन गरिएको पनि कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij