Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

गृहमन्त्री लेखकबारे कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष

गृहमन्त्री लेखकबारे कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष

  • काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष निकालेको छ ।

    images
    images
    images

    गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा छानबिनको दायरामा नै नरहेको अवस्थामा बाहिरबाट दोषी करार गर्न खोजिएको कांग्रेसको भनाइ छ ।

    images

    सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

    अर्को प्रसङ्गमा जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा प्रवक्ता महतले कांग्रेस संविधानको प्रतिरक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो कब्जाको पक्षमा नरहेको स्पष्ट गरे ।

    उनले संविधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संविधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij