Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

पौडेललाई गभर्नर बनाउने सहमति

पौडेललाई गभर्नर बनाउने सहमति

  • काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समहति जुटेको छ ।

    images
    images
    images

    मंगलबार भएको छलफलमा उनीहरूबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो ।

    images

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि गभर्नर सिफारिस समितिमा रहेकोमा कांग्रेसले गभर्नरका लागि अघि सारेको थियो । त्यसपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

    images

    पौडेलको नाममा सहमति जुटेसँगै प्रधानमन्त्री ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌ ।

    आजै उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक पनि बस्ने भएको छ । उक्त बैठकले गभर्नरका लागि पौडेलसहित तीनजनाको नाम सिफारिस गर्दैछ ।

    समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij