Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

पत्रकारको नाममा प्रहरी, हाेटल र लजमा असुली धन्दा

पत्रकारको नाममा प्रहरी, हाेटल र लजमा असुली धन्दा

  • काठमाडौं । पत्रकारको नाममा अवैद्य र अनैतिक कार्य गर्ने गैरपत्रकारहरुलाई कारबाही गर्ने नेपाल पत्रकार महासंघ सिरहा शाखाले चेतावनी दिएको छ ।

    images
    images
    images

    केही गैरपत्रकारहरुले अवैद्य र अनैतिक कार्य गरिरहेको भन्दै महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ति जारी गरेका हुन् ।

    images

    विज्ञप्तिमा भनिएको छ,

    पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आँच पुऱ्याइरहेको हुँदा, नेपाल पत्रकार महासंघ सिराहा शाखा सम्पूर्ण सरोकारवालाहरूलाई यस्ता तत्वहरूबाट सजग र सचेत रहन विज्ञप्तिमार्फत् सभापति बनैताले आग्रह गरेका छन् ।

    अवैद्य र अनैतिक कार्यमा संलग्न व्यक्तिहरू फेला परेमा वा यस्ता गतिविधिहरू देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिराहा शाखालाई जानकारी गराउन आग्रह गर्दै सभापति बनैताले अवैध र अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई तत्कालै कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सभापति बनैताले १०/१५ जना गैर पत्रकारहरुले प्रहरीसँग साँठगाँठ गरी असुली धन्दा चलाएको गुनासो आएपछि विज्ञप्ति जारी गर्नु परेको जानकारी दिए । उनले भने, ‘आज विज्ञप्ति मार्फत् सचेत गराएका छौं । फेरी पनि गुनासो आए कानूनी उपचार खोज्छौं ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij